समाज


देशभर मौसम बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

नेपालखबर
असार १३, २०७६ शुक्रबार ३:६,

आज (शुक्रबार) देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आज विशेष गरी मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना बढी छ।

एकैछिन खुलेजस्तो गरे पनि पुनः बदली भई वर्षा हुने सम्भावना रहेको उनले बताए।

उनका अनुसार अहिले पूर्वका केही स्थानमा वर्षा भइरहेको छ भने केहीबेरपछि वा दिउँसो पूर्वका सबै स्थानमा पानी पर्ने तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।

‘नेपालको भौगोलिक बनावट यस्तो छ कि ठाउँ तोकेरै भन्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यही भएर पूर्वका एक/दुई स्थान भनेका हौं।’

यसैगरी मध्य क्षेत्रमा पनि प्रायः स्थानमा आज पानी पर्ने सम्भावना छ। ‘सबैतिर बादल लागेको छ,’ मौसमविद् रिमालले नेपालखबरसँग भने, ‘जुनसुकै बेला वर्षा हुने सम्भावना छ।’

यस्तै काठमाडौं उपत्यकाको मौसम पनि अहिले बदली भएको छ। केही बेर खुलेजस्तो गरे पनि पुनः बदली भई अपराह्न या साँझपख वर्षा हुने सम्भावना रहेको मौसमविद् रिमालले जानकारी दिए।

उनका अनुसार पश्चिमी क्षेत्रमा पोखरादेखि पूर्व मौसम बदली र वर्षाको सम्भावना रहे पनि त्यसभन्दा पश्चिम भने आज वर्षाको सम्भावना न्यून छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad