समाज


७८ हजारभन्दा बढी क्याप्सुल लागुऔषधसहित दुई जना पक्राउ

७८ हजारभन्दा बढी क्याप्सुल लागुऔषधसहित दुई जना पक्राउ

नेपालखबर
असार २३, २०८३ मंगलबार १६:०, काठमाडौँ

धादिङ प्रहरीले यात्रुवाहक वसबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

बिक्री गर्ने उद्देश्यले वीरगञ्जजबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३ ००१ ख २६८९ नं.को यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको ७८ हजार चार सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाईड्रोक्लोराईड (५० एमजी) फेला परेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ जोगीमारास्थित पृथ्वीलोकमार्गमा प्रहरी चौकी जोगीमारा धादिङबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सो परिमाणमा लागुऔषध बराम गरेको हो।

उक्त बसमा सवार पर्साको वीरगञ्ज महानगरपालिका ३ बस्ने वर्ष ४१ को मोहन प्रसाद कुर्मी र वर्ष ३५ की प्रतिमा देविको साथमा रहेको एउटा सुटकेस र २ वटा जेब्रा झोला भित्र रबरले बेरि पोका बनाई राखेको अवस्थामा सात हजार ८४० स्ट्रिपमा १० वटा क्याप्सुलको दरले ७८ हजार चार सय क्याप्सुल प्रतिवन्धित लागुऔषध ट्रामा हाईड्रोक्लोराईड (५० एमजी) फेला पारिएको प्रहरीको भनाई छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा मुद्दा दर्ता गरी शुक्ष्म रुपमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad