मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्।
तरकारी काट्ने चक्कुले काटेर राईले आफ्नो लिंग छिनाएको प्रहरीले जनाएको छ। विराटनगरबाट लेखिएको यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो। जन्डिसको समस्याले माानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका छन्।
‘जन्डिसको समस्याले एकोहोरो बन्दै गएको थियो’, बाबु बुमाले भने, ‘यो घटनाले परिवार नै अचम्ममा परेका छौँ।’
घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा छोराले लिंग काटेको बाबुको भनाइ छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सुनिललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनको अवस्था खतरामुक्त भने छैन। प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो। चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरेका छन्।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ४ वर्षअघि बिहे गरेका सुनिलका ३ वर्षीय छोरा पनि छन्।
Shares

प्रतिक्रिया