समाज


प्रधानमन्त्री अपमानको मुद्दामा युट्युबर पोखरेल परे थुनामा

प्रधानमन्त्री अपमानको मुद्दामा युट्युबर पोखरेल परे थुनामा

नेपालखबर
असार २३, २०८३ मंगलबार १५:४८, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहसहितका नेताहरुलाई अपमानजनक शब्द प्रयोग गरी भिडियो उत्पादन तथा सम्प्रेषण गरेको अभियोग लागेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

उनी फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका स्थायी निवासी हुन्। पाँचथर जिल्ला अदालतकी सूचना अधिकारी सरस्वती नेम्वाङका अनुसार दुवै पक्षको बहस सुनेपछि यो आदेश भएको हो। 

जिल्ला सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही माग गर्दै मुद्दा दर्ता गरेको थियो।

पोखरेलले (HADES) युट्युब च्यानलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेनसहितका नेतालाई गाली गरेको भिडियो अपलोड गरेका थिए। रवि लामिछानेको पृष्ठभूमि बताउँदै ‘उनी एक जना टिभी इन्टरटेनर’ भएको उल्लेख गरेका छन्। सिंहदरबार जल्नुमा बालेनको पनि भूमिका हुनसक्छ भनेर शंका गरेका छन्।

प्रहरीले उनलाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। देशव्यापी विरोध भएपछि प्रहरीले चैत २९ मा उनलाई रिहा गरेको थियो। परिवारको जिम्मा लगाएर छोडेको थियो तर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सोही अनुसार उनीवरुद्ध मुद्दा चलेको हो।

‘प्रधानमन्त्री शाह तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान तथा प्रतिष्ठा समेतमा आँच आउने गरी अपमानजनक तथा अमर्यादित खालका शब्दहरु भिडियो तथा स्टेटसमा प्रेसित गर्ने कार्य गरेको हुँदा...’, उनीविरुद्धको जाहेरीमा भनिएको छ। त्यस्ता भिडियो टिकटक, फेसबुकसहितका सोसल मिडिया अकाउन्टबाट पनि प्रेसित गरेको अभियोग उनीविरुद्ध लगाइएको छ।

‘जिल्लामा रितपूर्वक सुनवाई भएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। फैसलाका लागि जिल्ला अदालतमा सुनुवाई हुनेछ’, सूचना अधिकारी सरस्वती नेम्वाङले भनिन्, ‘जिल्लाको आदेश चित्त नबुझ्ने प्रतिवादीलाई माथ्लो अदालत जाने अधिकार रहन्छ।’

उनका अनुसार आदेश यो हिजोआज भएको होइन, असार १८ गते भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad