जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) विभिन्न जिल्लाका खोलाहरूमा बाढी आउन सक्ने भन्दै सतर्क रहन आह्वान गरेको छ।
महाशाखाले बिहान सूचना जारी गरी बाढी आउने सक्ने जिल्लाको सूची दिएको हो।
महाशाखाका अनुसार आज खासगरी प्रदेश १ का इलाम, ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, प्रदेश ३ का काभ्रेपलाञ्चोक, सिन्धुलीका ससाना खोलामा बाढी उर्लने सम्भावना छ।
यसैगरी गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, स्याङजा र प्रदेश ५ का रूकुम लगायत जिल्लाका केही ससाना खोलाहरूमा उल्लेख्य बहाव बढ्ने भएकाले नदी तटिय क्षेत्रमा वर्षा भइराख्दा सतर्क रहने बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया