त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई पनि रिहा गरिएको छ।
ली जियालिङ र लिउ फुयान नाम गरेका चिनियाँ नागरिकलाई शुक्रबार बिहान ९ बजेतिर हिमालयन एयरको जहाजबाट चीन जान लाग्दा राजश्व अनुसन्धान विभागको आग्रहअनुसार अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सीआईबीलाई बुझाएको थियो।
तर उक्त प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले आज बिहान ११ बजेतिर उनीहरूलाई छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए।
‘जुन घटनाका लागि उनीहरूलाई पक्राउ गरिएको थियो, त्यसमा उनीहरूको संलग्नता देखिएन’, डीआईजी कडायतले भने, ‘उनीहरूलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिएकाले रिहा गरिएको हो।’
सोही प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई पनि आजै बिहान छाडिएको छ।
Shares

प्रतिक्रिया