कैलालीको धनगढीमा जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षीया मञ्जु कुँवरको सोमबार राति विद्युतीय धरापमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गौरीफन्टा नाकामा मजदुरी गरेर घर फर्कने क्रममा राति ११ बजे उनी धरापमा परेकी प्रहरीले जनाएको छ।
धरापमा परेर गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
जंगली बँदेल, हात्ती, निलगाई, चित्तललगायतका जनावर खेतबारीमा नआउन् भने स्थानीयले विद्युतीय धराप थाप्ने गरेका छन्।
स्थानीय जंगलिया चौधरीले आफ्नो खेतको आलीमा थापेको धरापमा कुँवर परेकी प्रहरीले जनाएको छ। धराप थाप्ने चौधरीलाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया