समाज


कोरोना भाइरसविरुद्ध हङकङमा यस्तो सतर्कता, यी हुन् बच्ने उपाय

कोरोना भाइरसविरुद्ध हङकङमा यस्तो सतर्कता, यी हुन् बच्ने उपाय

मगेन्द्र राई
माघ १०, २०७६ शुक्रबार १:१५,

कोरोना भाइरसले हङकङमा दुई व्यक्ति संक्रमित भएको पुष्टि भएपछि व्यापक रूपमा त्रास फैलिएको छ। यसैकारण अहिले हङकङ सरकारले यस विषयमा उच्च सतर्कता अपनाएको छ।

हङकङका कार्यवाहक कार्यकारी प्रमुख मैथ्यु चेउङले पश्चिम कोउलुनस्थित उच्च गतिको रेलमार्फत हङकङ यात्रा गर्ने सबै यात्रीलाई शुक्रबारदेखि अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने घोषणा गरेका छन्। काउलुन स्टेसन आइपुगेपछि उनीहरुले अनिवार्य स्वास्थ्य फाराम भर्नुपर्ने र तापक्रम जाँच गराउनुपर्ने उनले घोषणा गरेका हुन्।

उक्त स्थानमा बिहीबार अपराह्न कालो मास्क लगाएका प्रदर्शनकारीको समूहले रेल टर्मिनलमा ताला लगाउन खाेजेका थिए। काेराेना भाइरस फैलाउन मुख्य भूमिका खेल्ने पर्यटकहरुलाई प्रवेश गर्न दिएको भनी उनीहरूले विरोध गरेका हुन्। उनीहरूलाई हटाउन दंगा प्रहरी नै परिचालन गर्नुपरेकाे थियाे। 

यसैबीच यहाँकाे नेपाली महावाणिज्यदूतले पनि सूचना जारी गर्दै हङकङवासी सम्पूर्ण नेपालीलाई कोरोना भाइरसबाट बच्न र बचाउन आग्रह गरेकाे छ।

mahabanijya 1

भीडभाडमा नजान, मास्क लगाउन, जथाभावी नखान, रुघाखोकी पखाला आदि लागे तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जँचाउन आदि सल्लाह उसले दिएकाे छ। 

कोरोना भाइरबाट कसरी बच्ने?
 -विशेषगरी यो समय चीनको वुहान प्रान्तमा नजाने तथा भाइरस देखापरेका स्थानमा भ्रमण नगर्ने वा रद्द गर्ने

–घर वा कोठाबाहिर जाँदा अनिवार्य मास्क लगाउने

–सागसब्जी वा माछामासु किन्न जाँदा, बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउने र उच्च सतर्कता अपनाउने

–एन्टी सेप्टिक स्प्रे वा एन्टी सेप्टिक वेट-टाबेल साथमै लिएर हिँड्ने र बेलाबेला हातमुख सफा गर्ने

–उक्त भाइरस घाँटीबाट सरिरमा संक्रमण हुने भएकाले घाँटी सुक्खा हुने गर्छ।

–त्यसैले सके सम्म बारम्बार पानी पिउने। सकेसम्म पानीको बोतल साथैमा बोकेर हिँड्ने, भीडभाडबाट अलग्गै रहने।

–भुटे/तारेका खानेकुरा नखाने, भिटामिन सीयुक्त खानेकुरा बढी खाने।

–रोग नियन्त्रण केन्द्रका अनुसार उक्त भाइरस सङ्क्रमण भएपछि अचानक उच्च ज्वरो आउने, केही छिनमै ठीक भएजस्तो हुने, फेरि दोहोरिने, टाउको दुख्ने, खोकी लागेपछि हत्तपत्त ठीक नहुनेजस्ता लक्षण देखिन्छ। तसर्थ यस्ताे लक्षण देखिए तुरुन्त नजिकको स्वस्थ केन्द्रमा गएर डाक्टरलाई देखाउने।

–बालबालिका र बूढापाकालाई यो भाइरस छिट्टै सर्न सक्ने भएकाले विशेषा सावधानी अपनाउने।

याे पनि : कोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .