समाज


चार दिनको फरकमा २४ वर्षीया महिला र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

चार दिनको फरकमा २४ वर्षीया महिला र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:४९, झापा

झापाका ७३ वर्षीय एक वृद्ध एक महिला र एक बालिकालाई जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। उनले चार दिनको फरकमा दुई महिलालाई बलात्कार गरेका प्रहरीले जनाएको छ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरको र ११ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका- ३ का ७३ वर्षीय होम बहादुर विश्वकर्मालाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले गएको सोमबार दिउँसो स्थानीय ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा यौन दुव्र्यवहार गरेका थिए। 

उनले भदौ १५ गते गाउँकै २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ।

दुबै पीडितको तर्फबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .