काठमाडौंको तीनकुनेमा च्यातिएको राष्ट्रिय झन्डा फेरिएको छ।
केही दिनअघि कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा च्यातिएको झन्डा राख्दै सम्बन्धित निकायको ध्यानकर्षण गराएका थिए भने नेपालखबरले त्यसको समाचार बनाएको थियो।
अहिले च्यातिएको झन्डा हटाएर नयाँ झन्डा राखिएको हो।
झन्डा फेरिएको तस्बिर पुनः सामाजिक सञ्जालमा राख्दै अभिनेता गिरीले लेखेका छन्, ‘सम्बन्धित निकायलाई धन्यवाद।’
177
Shares

प्रतिक्रिया