समाज


मानब बेचबिखन : पाँच वर्षमा एक हजार ६ सयको उद्धार

मानब बेचबिखन : पाँच वर्षमा एक हजार ६ सयको उद्धार

नेपालखबर
भदौ ३१, २०८० आइतबार १४:२६, काठमाडौँ

पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ।

नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि आव २०७९÷८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ।

ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन्। 

आर्थिक वर्ष २०७८÷७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए। 

यस्तै आव २०७९÷८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो। वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .