समाज


आन्दोलनरत शिक्षकसँगको छलफलपछि कांग्रेसले भन्यो : विधेयक परिमार्जन हुन्छ

आन्दोलनरत शिक्षकसँगको छलफलपछि कांग्रेसले भन्यो : विधेयक परिमार्जन हुन्छ

नेपालखबर
असोज ९, २०८० मंगलबार १८:६, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसद्‌मा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘अहिले जुन विद्यालय शिक्षा विधेयक, जो आएको छ। यो महत्वपूर्ण विधेयक मध्यको एउटा विधेयक हो। त्यसमा हामीले आज सरोकारवालाहरूसँग छलफल गरेका छौं। जसमा २३ जना वक्ताहरुले आफ्ना धारणा राख्नुभएको छ,’ उनले भने, ‘झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरू सुन्न अवसर हामीले प्राप्त गरेका छौं। र, भोलि एक बजे हामी विशेषज्ञहरुसँग बसेर यो विधेयक बनाउँदा संलग्न हुनुभएका विज्ञहरुसँग पनि बसेर छलफल गर्छौं।’

उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको पनि बताए।

‘यसको मुख्य उद्देश्य के हो त भन्दा सबै सरोकारवालाका कुरा सुनिसकेपछि नेपाली काँग्रेसले यो विधेयकलाई समृद्ध गर्नका लागि, यो विधेयकलाई परिमार्जन गर्नका लागि, के–के गर्दा यो परिमार्जन हुन्छ, समृद्ध हुन्छ? र, सबैका भावना यसमा समाहित हुन सक्छन भन्ने उद्देश्यका साथ गरिएको हुनाले हामी यसलाई परिमार्जन गर्छौं,’ उनले भने, ‘शिक्षाको यो विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नै भएको हुनाले नेपाली काँग्रेसको तर्फबाट संसदमा यो विधेयकलाई परिमार्जन गर्ने गरेर हाम्रो भूमिका निर्धारण हुन्छ। सरकारको विधेयक ल्याउने काम हो। हामी त्यसलाई परिमार्जन गर्छौैं।’

यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काँग्रेस नेतृत्वलाई सचेत गराएका थिए। सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन्।

‘माईतीघर मण्डलाबाट बाल शिक्षकहरू र राहत शिक्षकहरूलाई विद्यालय पठाउने वातावरण फेरि बनाइ दिनुप¥यो। त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नुभएन। हामीले त्यही भनेका छौं।’

छलफलमा कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .