समाज


तमु धिं नेपालमा पुनः हुमबहादुर

तमु धिं नेपालमा पुनः हुमबहादुर

नेपालखबर
असोज २६, २०८० शुक्रबार १७:५१, पोखरा

गुरुङ समुदायको अग्रणी संस्था तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर गुरुङ चुनिएका छन्। अध्यक्षसहित कार्यसमितिको पदाधिकारीका सम्पूर्ण पदमा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन्।

पर्वत फलेवास नगरपालिका ९ मा जन्मेर हाल पोखरा १४, चाउथे निवासी चारभञ्ज्याङ तमु समाज पोखराका हुमबहादुर गुरुङले तीन वर्षअघि संस्थापक अध्यक्ष कर्म तमु पश्चात तमु धिंको नेतृत्व सम्हालेका थिए।

वरिष्ठ उपाध्यक्षमा कास्की जिल्ला मादी गाँउपालिका २ ताङतिङ गाउँ भइ दुधपोखरी तमु समाजका सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा रुपा गाउपालिका घर भइ सिद्धार्थ तमु समाजकी गीमाया गुरुङ, द्धितीय उपाध्यक्षमा मादी गाउपालिका याङ्जाकोट घर भइ हाल पोखरामा रहेको याङ्जाकोट तमु समाजका नारायण गुरुङ, महासचिवमा स्याङ्जा पुतली बजार नगरपालिका आलेचितन गाउँ भइ मिलीजुली विजयपुर तमु समाजकी अधिवक्ता जुनाकुमारी गुरुङ, सचिवमा फिर्के तमु समाजका जुमकाजी गुरुङ, सहसचिवमा तनहुँका गोपाल गुरुङ, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर गुरुङ र सहकोषाध्यक्षमा तमु सहयोग समिति पार्दीका सु. तुलबहादुर गुरुङ चयन भएका छन्।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सदस्यहरुमा सल्लाहकार एवम पूर्वमहासचिव रुद्रकुमारी गुरुङ मैना र आजीवन सदस्य एवम वरिष्ठ पत्रकार राजबहादुर गुरुङ रहेका थिए।

तमु धिं नेपालको साधारणसभा तथा महाधिवेशन शनिबार नेपाल सरकारका सहरी विकासमन्त्री सिता गुरुङको प्रमुख आतिथ्यतामा हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .