समाज


भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२१ जनाको मृत्यु

ठाउँ–ठाउँमा सडक अवरुद्ध
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२१ जनाको मृत्यु

दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार ७:१२, सुर्खेत

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ। प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन्। 

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार  स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ। 

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको उनले बताए। 

प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए। नगर क्षेत्रमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० जना भन्दा बढीले भूकम्पमा परेर ज्यान गुमाएका छन्। 

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएको जानकारी आएको छ। वडा नम्बर १ मा सबैभन्दा बढी मानविय क्षति भएको छ। सो वडामा ३० देखि ३५ जना घाइते भएका छन्।   

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्धारमा कठिनाई भएको तथा घटनाको यकिन विवरण संकलनमा समस्या भएको उनले बताए।

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेटअनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

रुकुमपश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .