समाज


भूकम्पपीडितका लागि एमालेले सरकारी कोषमा एक करोड सहयोग गर्ने

भूकम्पपीडितका लागि एमालेले सरकारी कोषमा एक करोड सहयोग गर्ने

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २२:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको छ।

ती दुवै जिल्लामा पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले पार्टी पंक्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न पार्टीले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको बताए।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिलाई विपद् प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका थिए। विपदको यस घडीमा पीडित र प्रभावितको उद्धार र राहतका लागि सरकारलाई साथ दिने उनको भनाइ थियो। साथै उनले सबै सामाजिक संघसंस्थासँग पनि सरकारलाई यथोचित सहयोग गर्न आह्वान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .