समाज


प्रहरीको चेकिङमा जब युवकले १९ ग्राम खैरो हिरोइन मुखमा हाले...

प्रहरीको चेकिङमा जब युवकले १९ ग्राम खैरो हिरोइन मुखमा हाले...

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार २०:२१, काठमाडौँ

कञ्चनपुरमा लागु औषधसहित २ युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ बैशाखाबाट १९.६५ ग्राम लागु औषध खैरो हिरोइनसहित ती युवकलाई प्रहरीले समातेको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० का सुवर्ण कुमार बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का अनिल श्रीपाली छन्। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

शंका लागेर जाँच गर्दा बोहराले लुकाएर राखेको प्लास्टिक पोका एक्कासी मुखमा हालेका थिए। 

त्यसपछि बेहोस भएका उनलाई उपचारका लागि प्रहरीले धनगढीको निसर्ग अस्पताल लगेको थियो।

प्रहरीका अनुसार उपचारको क्रममा चिकित्सकले बोहराको मुखबाट १९.६५ ग्राम खैरो हिरोइन निकालिएको थियो। 

बोहराको अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीसँगै रहेका अर्का युवक अनिललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .