समाज


साइबर क्राइम मुद्दामा बाल संगठनका अध्यक्ष पक्राउ

साइबर क्राइम मुद्दामा बाल संगठनका अध्यक्ष पक्राउ

नेपालखबर
मंसिर २, २०८० शनिबार ५:५६, झापा

नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। 

कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली फेसबुक आइडीमार्फत कानुन विपरीतका क्रियाकलाप गरेको भन्ने उजुरीका आधारमा थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका प्रहरीले जनाएको छ।

उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .