समाज


आज मौसम कहाँ कस्तो रहला?

आज मौसम कहाँ कस्तो रहला?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
मंसिर ३, २०८० आइतबार ६:१५, काठमाडौँ

हाल (आइतबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

महाशाखाको बिहानी बुलेटिनअनुसार आज राति लुम्बिनी प्रदेशसहित देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज काठमाडौँ उपत्यकामा भने वर्षा वा हिमपातको सम्भावना नरहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

यसैबीच आज बिहान ५:४५ बजेको मापअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिए। यद्यपि आजको आधिकारिक तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक हुनेछ। जतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रमको जानकारी पनि दिनेछ। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको २४ घण्टामा देखिएको सबैभन्दा कम तापक्रम हो भने यो बिहान ५:४५ देखि ८:४५ को बीचमा मापन गरिनेछ। यस्तै अधिकतम तापक्रम भनेको पछिल्लो २४ घण्टामा देखिएको सबैभन्दा बढी तापक्रम हो, जुन दिउँसो २:४५ बजेदेखि साँझ ५:४५ बजेसम्म मापन गरिन्छ।  

माैसमविद्का अनुसार २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु अरू भाग सफा रहनुलाई आंशिक बदली भनिन्छ। दिउँसोको समयमा कतै कतै बादल देखिएर घाम लाग्नु आंशिक बदली हो। सामान्यतया माैसम सफा भन्नाले लगभग पूरै आकाश सफा हुनु हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .