समाज


प्रहरीले तीनकुनेबाट खेदेपछि गौशाला पुग्यो प्रसाईंको टोली

प्रहरीले तीनकुनेबाट खेदेपछि गौशाला पुग्यो प्रसाईंको टोली

सरोज बैजु
मंसिर ८, २०८० शुक्रबार १५:१३, काठमाडौँ

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा प्रदर्शन गर्न प्रहरीले नदिएपछि गौशालामा भेला भएका छन्। 

प्रहरीको धरपडकपछि प्रसाईंका समर्थकहरू तीनकुनेबाट गौशाला पुगेका हुन्। गौशालामा अहिले प्रसाईंका समर्थकहरू प्रदर्शन गरिरहेका छन्। 

शुक्रबार तीनकुनेमा प्रसाईंको पक्षमा प्रदर्शन गर्न पुगेकाहरूलाई देख्नासाथ प्रहरीले पक्राउ गरेको  थियो। 

प्रसाईंका समर्थकका लागि प्रशासनले बल्खु क्षेत्रमा ठाउँ तोकिदिएको थियो। सोही अुनसार बिहीबार उपत्यकाका ८ स्थानबाट गएको ¥याली बल्खुमा कोणसभामा परिणत भएको थियो। 

आज (शुक्रबार) प्रसाईंका समर्थकहरूले ठाउँ परिवर्तन गरेर प्रदर्शन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .