ad ad

समाज


देशभरिका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरिका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १४:१३, काठमाडौँ

गृह मन्त्रालयले देशभरिका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ।

स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअनुसार सबै कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्वप्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुवेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।

एक महिनाभित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०/७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई विपश्यना ध्यान (योग) गराइनेछ।

यसअघि नक्खु, भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भैसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .