समाज


अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा पक्राउ

अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा पक्राउ

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १९:४, काठमाडौँ

अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने राजु रेग्मीको छोरा वर्ष २६ को आकाश रेग्मी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले अनलाइन गेम्बलिङ÷अनलाइन क्यासिनोहरू अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको प्रहरीको आरोप छ।

गोप्य सूचनाको आधारमा सोमबार उनलाई प्रहरीले काँडाघारीबाट नियन्त्रणमा लिएकोका हो। उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाईएको छ।

उनको साथबाट दुई लाख चौविस हजार रुपैयाँ र अमेरिकी डलर १०० दरको थान तीन सयसहित विभिन्न सामान बरामद भएको छ। निजको हिसाव किताव एक करोड ९५ लाख ९५ हजार ११७देखिएको प्रहरीले उल्लेख गरेको छ।
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .