समाज


चाबहिलमा आगलागी (तस्बिर)

चाबहिलमा आगलागी (तस्बिर)

सरोज बैजु
मंसिर १५, २०८० शुक्रबार १८:५१, काठमाडौँ

काठमाडौँको चाबहिलमा आगलागी भएको छ। चाबहिलबाट गोपिकृष्णतर्फ जाने बाटोको एक घरमा आगलागी भएको हो। 

अहिले आगलागी नियन्त्रणमा आएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अम्बर बहादुर थापाले नेपालखबरलाई जानकारी दिए।

सो घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी थापाले बताए। 

‘बुवाको वर्षदिनको कामका लागि भनेर रक्सी पार्ने काम भइरहेको रहेछ, त्यहीँबाट आगो सल्केको हुनसक्छ,’ थापाले भने, ‘अहिले आगो नियन्त्रणमा ल्याइएको छ। घटनाबारे थप बुझ्दैछौँ।’

प्रहरीको टोलीले शुक्रबार साँझ ६ बजे दमकलसहित पुगेर आगो नियन्त्रणमा लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .