समाज


आन्दोलनरत सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

आन्दोलनरत सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

नेपालखबर
पुस १३, २०८० शुक्रबार १५:२५, काठमाडौँ

कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो।

उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्। तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।

मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। करिब ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .