ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका युवालाई सहिद घोषणा गर्नुपर्ने लगायतका मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेको छ।
बालकुमारीस्थित घटनास्थलमा पुगेर रास्वपा जिल्ला कमिटीले शनिबार प्रदर्शन गरेको हो। प्रदर्शनमा रास्वपा सांसद तोसिमा कार्की लगायतको उपस्थिति थियो।
रास्वपाले उक्त प्रदर्शनलाई शान्तिपूर्ण सांकेतिक विरोध गरिएको जनाइएको हो।
सरकारले शुक्रबार सो घटनामा परी निधन भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख शिद्धिविक्रम शाह, सीडीओ रुद्र पण्डितको सरुवा गरिएको छ। शाह प्रहरी प्रधान कार्यालय नक्साल र पण्डित गृह मन्त्रालय तानिएका हुन्।
त्यस्तै, सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि सरकारले गरेको छ।
त्यस्तै, ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय पनि भएको छ।
Shares
प्रतिक्रिया