समाज


बालकुमारी घटना छानबिन गर्न सोमबार उच्चस्तरीय आयोग बनाइने

बालकुमारी घटना छानबिन गर्न सोमबार उच्चस्तरीय आयोग बनाइने

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८० आइतबार १६:१४, काठमाडौँ

गत शुक्रबार दुईजना युवकको ज्यान जाने गरी ललितपुरमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ।

प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर उक्त निर्देशन दिएका हुन्। 

उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्‍त्री श्रेष्ठलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको उक्त निर्देशनपछि सोमबार उक्त उच्चस्तरीय आयोग बन्ने भएको छ।

सोमबार बस्ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad