समाज


बाँकेको नौवस्ता बालसुधार गृहमा झडप, कम्तीमा पाँचजना घाइते

बाँकेको नौवस्ता बालसुधार गृहमा झडप, कम्तीमा पाँचजना घाइते

नेपालखबर
पुस १५, २०८० आइतबार १८:५६, काठमाडौँ

बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद झडप भएको छ। 

बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको प्रजिअ पोखरेलले बताए।

उनका अनुसार दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो। झडपमा चारजना बालबन्दी घाइते भएका छन्। 

एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन्। उनीहरूबीच ढुङ्गा हानाहान भएको पोखरेलले बताए। 

आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एकजना बालबन्दी घाइते भएका छन्। घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ।

प्रजिअ पोखरेलका अनुसार अहिले पनि बालबन्दीहरु ढुङ्गा हानाहान गरिरहेका छन्। सुरक्षाकर्मीमाथि उनीहरुले ढुङ्गा हानेका छन्।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ।

यहाँ १८ वर्ष उमेर समूहमाथिका विभिन्न जिल्लाका १ सय १६ जना बालबन्दी छन्। गत असोज ४ गते बाँकेकै डुडुवा –६ स्थित जयन्दु बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .