समाज


बिदामा नबस्ने पाँचजना प्रहरीलाई सोधियो स्पष्टीकरण

बिदामा नबस्ने पाँचजना प्रहरीलाई सोधियो स्पष्टीकरण

नेपालखबर
माघ ४, २०८० बिहिबार १७:४१, काठमाडौँ

६ महिनासम्म पन बिदा नबस्ने प्रहरीलाई स्पष्टीकरण सोधिएको छ। 

६ महिनासम्म बिदा नलिने पाँचजना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले स्पष्टीकरण सोधेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी नियमावली २०७१ अनुसार पाउने बिदा सुविधा नलिने पाँचजना कर्मचारीलाई स्पष्टीकरण सोधिएको जनाएको छ। 

उनीहरूलाई कारबाही गर्न नभएर बिदा बस्नलाई प्रोत्साहित गर्न स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए।

‘बिदामा घर जाँदा आफन्त र परिवारसँग भेट हुनाले तनाव पनि कम हुने खड्काले बताए। त्यसले प्रहरीको काममा पनि प्रभावकारिता देखिने उनले बताए।

प्रहरी कर्मचारीले एक वर्षमा ३० दिन घर बिदा र १२ दिन भैपरि आउने बिदा लिन पाउने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .