समाज


१ देखि ३ सय शय्यासम्मका सरकारी अस्पतालमा अब नर्सिङ अध्यापन हुने

१ देखि ३ सय शय्यासम्मका सरकारी अस्पतालमा अब नर्सिङ अध्यापन हुने

नेपालखबर
माघ ८, २०८० सोमबार १७:२२, काठमाडौँ

सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरुमा नर्सिङ अध्यापन गराउने भएको छ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन्।

सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरुमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे। उनले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरुमा राज्यले दाहित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए। उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रिपरिषद्मा लैजाने बताए।

पोखरेलले ३ सय शय्याका अस्पतालहरुका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे। उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए।

उनले दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको बताए।  १५ शय्या सम्मका स्थानीय तहका अस्पतालहरुमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ।  

स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै  नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पारे। उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए।

सचिव पोखरेलले चालु आर्थिक वर्षको स्थास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात करिव २१ प्रतिशत खर्च भएको बताए।

उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड  र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे।

धेरै आयोजनाहरुको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भएपनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए।

उनले मन्त्रालयको भौतिक प्रगतिमा कायक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad