समाज


दैनिक राशिफल : २५ माघ

दैनिक राशिफल : २५ माघ

पण्डित नारायणप्रसाद दुलाल
माघ २५, २०८० बिहिबार ५:७, काठमाडौँ

आज २५ माघ २०८०, बिहीबार। अंग्रेजी पात्रोअनुसार ८ फेब्रुअरी २०२४। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको सुखमा रमाउने समय छ।

मेष राशिको आजको भाग्यशाली अङ्क ९ रहेको छ। यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, आज स्वास्थ्य ४१ प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ५५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्।  खैरो रङ्गको प्रयोग गर्नु त्यति राम्रो देखिँदैन।

वृष : आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढ्नेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ४ हो। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ८० र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, स्वास्थ्य अनुकूलता ४७ र यात्राको योग ७० प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुण खाएमा साइत पर्नेछ भने छलकपट गर्दा तारो आफैँप्रति सोझिनेछ।

मिथुन : चिताएको कामले तीव्रता लिनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसै-कसैका लागि सन्तान प्राप्तिको समेत योग छ। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ६ हो। आज प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। त्यसैगरी स्वास्थ्य अनुकूलता ४४ प्रतिशत र यात्राको योग ५४ प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत मात्रै रहेको छ। प्यासीलाई पानी दिनाले मनले चिताएको पूरा हुनेछ। सजिलै अरूको विश्वास चाहिँ नगर्ने, झुक्याउने देखिन्छ।

कर्कट : शुभ समाचारले हौसला बढाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७५, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

कर्कट राशि हुनेले आज हनुमानजीको दर्शन गर्ने र छलकपट नगर्ने।

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ रोजगारको अवसर मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। सेयर बजार र व्यापार-व्यवसायमा भने औसत लाभ हुनेछ।

भाग्यशाली रङ्ग हरियो रहेको छ र भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ८४ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४५ प्रतिशत, यात्राको योग ३५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खाएर निस्कनु राम्रो हुनेछ र भरिसक्के लामो दूरीको यात्रा नगर्दा बेस।
 
कन्या : आफ्नो विचार विपरीत निर्णय हुनसक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। आर्थिक कारोबारमा विवाद आउन सक्छ तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

यो राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ६०, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।
त्यस्तै, आज स्वास्थ्य ६१ प्रतिशतसम्म राम्रो रहनेछ। यात्राको योग ४५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क मात्र ३५ प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज भोकालाई भोजन  दिँदा राम्रो हुनेछ भने निलो रङ्गको प्रयोग नगर्दा बेस।

तुला : शुभ समाचार सुन्न पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। वैदेशिक कार्य अघि बढ्नेछ।

यो राशि हुनेको आज भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ९०, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

आज तुला राशि हुनेहरूको स्वास्थ्य ७१ प्रतिशतसम्म राम्रो रहनेछ भने यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान् शंकरजीको दर्शन गरेर  दिनको सुरुआत गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगरेकै उत्तम।

वृश्चिक : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ। जोस, जाँगर र हिम्मत बढ्न सक्छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आजको दिन अविस्मरणीय सम्झनाले  बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
आज स्वास्थ्य अनुकूलता ५५ प्रतिशत, यात्राको योग ७४ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

वृश्चक राशि हुनेले आज भोकालाई भोजन दिँदा आफन्तसँग बिग्रिएको सम्बन्धमा सुधार आउन सक्छ। खैरो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

धनु : रमणीय र सुखद यात्राको योग छ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन्।

धनु राशिको आजको भाग्यशाली रङ्ग रातो हो भने भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५२, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ६० प्रतिशत, यात्राको योग ७० प्रतिशत र सम्पूर्ण भाग्याङ्क पनि ७० प्रतिशत नै रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातिर जाँदा भने सोचविचार गरेर जानुपर्नेछ। भरसक नगएकै राम्रो।

मकर : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। लेनदेनमा दुबिधा उत्पन्न हुनेछ। बन्न लागेको काम बिग्रन सक्छ। पढाइ-लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

मकर राशिको आजको भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४१, यात्राको सम्भावना ५४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा बिग्रन आँटेको काम बन्न सक्दछ। छलकपट गरेमा चाहिँ बन्न लागेको काम पनि बिग्रनेछ।

कुम्भ : शुभ समाचारले हौसला बढाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ तर साँझमा भने केही पैसा खर्च हुन सक्छ।

यो राशिको आजको भाग्यशाली रङ्ग निलो रहेको छ भने भाग्यशाली अङ्क ६ हो। आज प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५५, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ४१ प्रतिशत रहेको छ भने यात्राको सम्भावना ६५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८४ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु उपयुक्त छ। झुटो बोलेमा बनिसकेको काम पनि बिग्रनेछ।

मीन : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन रूपमा फाइदा पुग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम सम्बन्ध पनि प्रगाढ हुँदै जानेछ।

मीन राशिको आज भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६५, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७५ प्रतिशतसम्म सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७० प्रतिशत, यात्राको योग ८० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिनु उपयुक्त देखिन्छ। सजिलै अरूको विश्वास भने नगर्नुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .