समाज


कन्चनपुरमा पत्रकार मुछिएको प्रकरणमा माओवादी नेता पनि तानिए

कन्चनपुरमा पत्रकार मुछिएको प्रकरणमा माओवादी नेता पनि तानिए

नेपालखबर
फागुन २, २०८० बुधबार १५:३, कञ्चनपुर

प्रहरी अधिकृतहरूको चरित्रबारे पत्रकारले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर नेकपा माओवादी केन्द्रका एकजना नेतासमेत तानिएका छन्। 

कञ्चनपुरमा पत्रकारहरूलाई तानिएको विद्युतीय अपराधसम्बन्धी मुद्दामा माओवादीका सुदूरपश्चिमा प्रदेश कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी सिके उपनामले परिचित चन्द्रकान्त भट्ट रहेका छन्।

माओवादी नेता भट्टलाई बुधबार बिहान भगतपुरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

चन्दका उनकाअनुसार यही प्रकरणमा भीमदत्त नगरपालिका–१६ निवासी पुष्कर भट्टलाई पनि बुधबार नै पक्राउ गरेर हिरासतमा लिइएको छ।

यसअघि विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो। त्यसपछि सोमबार पनि अन्य दुईजना प्रहरी हिरासतमा परिसकेका छन्। 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापा र प्रहरी निरीक्षक बिनु शाहीबारे व्यक्तिगत टिप्पणी गरेपछि पत्रकार जोडिएको यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .