समाज


दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालखबर
फागुन ८, २०८० मंगलबार ७:५३, काठमाडौँ

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका भूकम्पविद् लोकविजय अधिकारीले दिएको जानकारी अनुसार आज (मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

‘यो भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पकै परकम्प हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘गोरखा भूकम्पपछि अहिलेसम्म ५५ हजार भन्दा धेरै परकम्प गइसकेका छन्।’

यसअघि यही फागुन ४ गते पनि बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। यो भूकम्प पनि गत असोजमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .