समाज


यी १८ प्रहरी १ महिनादेखि सम्पर्कविहीन (सूची)

यी १८ प्रहरी १ महिनादेखि सम्पर्कविहीन (सूची)

नेपालखबर
फागुन १०, २०८० बिहिबार ७:१३, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १८ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक १, प्रहरी वरिष्ठ हवलदार १, प्रहरी सहायक हवलदार ३ र प्रहरी १३ गरी १८ प्रहरी एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्।  

यसबीच खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीबार अर्काे सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ।

हेर्नुहोस् सूचना-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad