ad ad

समाज


मौसमले उडान प्रभावित : आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ केही जहाज डाइभर्ट, केही चक्कर लगाउँदै

मौसमले उडान प्रभावित : आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ केही जहाज डाइभर्ट, केही चक्कर लगाउँदै

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:२६, काठमाडौँ

बिहीबार अपरान्ह मौसम बदली भएर वर्षात् हुँदा त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन्।

मौसममा खराबी आएसँगै वर्षात् पनि हुँदा दोहाबाट आएको कतार एअरकाे जहाज १ घण्टादेखि आकाशमै होल्ड भएको छ।

उता मुम्बईबाट आएको एयर इन्डिगोको एउटा जहाज लखनऊ विमानस्थलमा डाइभर्ट गरिएको छ।

भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण नभएर भारतको लखनऊ डाइभर्ट भएको हो।

आन्तरिकतर्फ पनि हवाई उडानमा अवरोध भएको छ। सुर्खेतबाट काठमाडौं उडेको बुद्ध एयरको एउटा जहाज मौसम खराबी हुँदा भैरहवामा अवतरण गरेको छ। उक्त जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवा गएको हो। 

सुर्खेतबाट बिहीबार दिउँसो ३ बजे उडेको उडान नम्बर यु४१३६ कलसाइन नाइन एन-एएमवाई जहाज भैरहवा विमानस्थल पुगेर अवतरण भएको हो।

बिहीबार काठमाडौँसहित देशभर हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा भइरहेको बताइन्। 

काठमाडौंमा एक घण्टादेखि वर्षा भइरहेको छ। काठमाडौंसहित आसपासमा झमझम् पानी परिरहेको छ।

बिहीबार पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .