ad ad

समाज


प्रसूतिगृहबाट शिशु चोर्ने महिला सैनिककी श्रीमती, श्रीमान् पनि पक्राउ

प्रसूतिगृहबाट शिशु चोर्ने महिला सैनिककी श्रीमती, श्रीमान् पनि पक्राउ

नेपालखबर
फागुन १२, २०८० शनिबार ८:५४, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएको शिशुसहित पक्राउ परेकी महिला नेपाली सेनाकी श्रीमती भएको खुलेको छ। 

शुक्रबार दिउँसो काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी शिशु (बालिका) बाेकिदिने बहानामा लिएर एक महिला बेपत्ता भएकी थिइन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सीसीटीभी फुटेजका आधारमा दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको छ। घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। 

यसैबीच उनका श्रीमान् नेपाली सेना भएको खुलेको छ। तर प्रहरीले यसबारे विस्तृत कुरा बताइसकेको छैन। 

परिसरका एक प्रहरी अधिकारीले भने, ‘विस्तृत कुरा आज हामी पत्रकार सम्मेलन गरेर बताउनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .