समाज


फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:४९, काठमाडौँ

नेपालका राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

यही फागुन ६ गते मनिषको काठमाडौंस्थित घरबाट ४५ लाख रुपैयाँ चोरी भएको प्रकरणमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका-६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका-६ का २४ वर्षीय राजन श्रेष्ठ रहेका छन्। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .