समाज


अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन काठमाडौंमा

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन काठमाडौंमा

नेपालखबर
फागुन १४, २०८० सोमबार १८:१५, काठमाडौँ

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइपुगेकी छन्। दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौं आइपुगेकी हुन्।

दुई दिनदेखि काठमाडौंमा रहेका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो सोमबार नै साँझ फर्किएका छन्।

उनी अमेरिकी वायुसेनाको विशेष विमानमा श्रीमती र १७ जनाको टोलीसहित शुक्रबार काठमाडौं आइपुगेका थिए। यी सैन्य अधिकारी जाने दिन नै अमेरिकी उप-सहायक विदेशमन्त्री काठमाडौं उत्रिएकी हुन्। 

उनी नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्रीको भूमिकामा छिन्।

आफ्नो भ्रमणका क्रममा अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। 

त्यसक्रममा उनले संयुक्त राज्य अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने छलफल गर्न अमेरिकी दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .