समाज


शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे

शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे

नेपालखबर
फागुन १४, २०८० सोमबार २१:२०, काठमाडौँ

महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्वयम्भुस्थित एक रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडिओ खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा रिहा गर्न  आदेश दिएको हो। डिएसपी केसी फागुन ५ गते पक्राउ परेका थिए।

स्वयम्भु बृत्तले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सोही आधारमा मुलुकी अपराधसंहिताको दफा १२१ अनुसारको कसुरमा आइतबार मुद्दा दायर भएको थियो।

उनले रेस्टुरेन्टमा युवती शौचालय गएका बेला माथिल्लो खुला भागबाट मोबाइलले तस्बिर तथा भिडियो खिचेका थिए। जसविरुद्ध महिलाले उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .