फोटो पत्रकार क्लबले भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली सभाको दृश्य संकलन गर्न गएका फोटो पत्रकारमाथि दुर्व्यवहार भएको जनाएको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा भजन शिरोमणिको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा फोटोपत्रकारलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले दुर्व्यवहार गरेको क्लबले जनाएको छ।
‘पदीय मर्यादा विपरित स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका फोटोपत्रकारमाथि सदस्य सापकोटा द्वारा गरिएको दुर्व्यवहार खेदजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ क्लबले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘सापकोटाले गरेको यो हर्कतले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको क्लवको ठहर छ।’
महासचिव प्रकाश चन्द्र तिमिल्सेनाद्वारा जारी विज्ञप्तिमा ‘सापकोटाले आफ्नो ओहदाको मर्यादा नबुझी सञ्चारकर्मीमाथि गरेको व्यवहारप्रति क्षमाचायना गर्न’ क्लवले जोडदार माग गरेको छ।
Shares
प्रतिक्रिया