ad ad

समाज


मिथुन परीक्षामा पास, वृष प्रणय प्रसङ्गमा अगाडि, भाग्याङ्क मकरको दह्रो : फागुन १७ को राशिफल

मिथुन परीक्षामा पास, वृष प्रणय प्रसङ्गमा अगाडि, भाग्याङ्क मकरको दह्रो : फागुन १७ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १७, २०८० बिहिबार ४:५५, काठमाडौँ

आज बिहीबार, १७ फागुन २०८०। तदनुसार २९ फेब्रुअरी २०२४। हेर्नुस् आजको राशिफल-

मेष : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। कीर्तिमानी काम गर्ने समय छ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुने योग छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्दा पुण्य प्राप्ति होला। पूर्व दिशाको यात्रा फलदायी छैन।

वृष : रमाइलो यात्राको योग छ। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ८५, व्यापारमा ६२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा मनमा शान्ति मिल्नेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन, भरसक नगर्ने।

मिथुन : रोकिएका अधुरा काम पूरा हुनेछन्। नयाँ कामको योजना बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीतिक क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ६९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। तर, सजिलै अरूको विश्वास नगर्नु होला।

कर्कट : दिन सामान्य नै रहनेछ। सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। साँझमा भने घरमा अतिथिको आगमन हुनेछ। शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४५, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कम सुरु गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्ने।

सिंह : उपहार पाइन सक्छ। छोटो दुरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

कन्या : आँटेको र ताकेको कार्य पूरा होला। लाभदायक यात्रा हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। अध्ययनमा रुचि जाग्नेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। झुट बोल्दा नगरेको कामको आरोप खेप्नु पर्ला।

तुला : रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ।

भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। यात्रा खासै फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : आँटेको काममा सफलता नमिल्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। साँझमा प्राविधिक कार्यमा सफलता मिल्नेछ भने नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिएमा चिताएको पुग्ला। छलकपट चाहिँ नगर्नु होला।

धनु : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नयाँ कार्यको योजना बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धार्मिक, सामाजिक महत्वका क्षेत्रको भ्रमण हुन सक्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो रहेको छ भने भाग्यशाली अङ्क ९ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन तसर्थ भरसक नगएकै बेस।

मकर : सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोतमा विचार बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पढाइ-लेखाइमा प्रगति हुनुका साथै शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ३९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ८५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा पढाइ-लेखाइमा रुचि बढ्ला तर झुट चाहिँ नबोल्नु होला।

कुम्भ : नजिकको यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने र तामसिक भोजन नगर्ने।

मीन : प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ। पाचन प्रणालीमा समस्या देखिन सक्छ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाब मानेर अघि बढ्दा सफल भइनेछ। ईर्ष्या गर्नेहरूले काम बिगारिदिने जोखिम रहेको हुँदा सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .