समाज


चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

नेपालखबर
फागुन १८, २०८० शुक्रबार २१:४३, काठमाडौँ

मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ललितपुरको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका ८ घर भइ हाल ललितपुरको चापागाँउ वस्ने ३१ वर्षीय रामचन्द्र तिरुवा र ललितपुरको सातदोबाटो बस्ने भारतीय नागरीक २४ वर्षीय सन्दिप कुमारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बागमती प्रदेश ०२-०३४ प ०८ ९५ नम्बरको मोटरसाइकल काठमाडौंको धुम्बाराही चप्पलकारखाना सडकबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्‍त भएको थियो।

वास्तविक नम्बर परिवर्तन गरि बा ८८ प ८७२ नम्बर राखि चलाइरहेको अवस्थामा रामचन्द्रलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले ललितपुरको धापाखेलमा  फेला पारी नियन्त्रणमा लिएको हो।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल भारतीय नागरीक सन्दिप कुमार मार्फत खरिद गरेको खुल्न आएपछि खोजतलासको क्रममा ललितपुरको सातदोबाटोबाट सन्दिपलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गरेका छन्। हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताए।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .