ad ad

समाज


धादिङ बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालक पक्राउ

धादिङ बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालक पक्राउ

घटनास्थल


सुनिता विष्ट
फागुन २३, २०८० बुधबार ८:४, हेटौँडा

धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान करिब चारबजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा एक महिला र पाँच पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।

दुर्घटनामा ३६ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको डीएसपी केसीले बताए 

घाइतेहरुको अवस्था गम्भीर रहेको कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। दुर्घटना स्थलमा अझै केही बेपत्ता भएको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले  उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि खटिएको छ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बसमा ४९ जना सवार रहेको जानकारी प्रहरीलाइ दिएका छन्।

मृतक ६ जनाकै सनाखत हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .