समाज


उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर, नौ महिना सजाय

उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर, नौ महिना सजाय

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १७:३६, काठमाडौँ

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध दायर गरेको मुद्दाको फैसला सुनाउँदै विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारुले आइतबार फैसला सुनाएका हुन्। 

कटवालविरुद्ध अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा १६ भदौ २०७९ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दालाई अन्तिक किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ।

यससँगै विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।

के थियो घटना?
जिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।  

पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।

सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरूसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .