समाज


रुसी सेनामा भर्ना भएका थप ७ जना नेपाली युवाको मृत्यु

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपाली युवाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १७:५४, काठमाडौँ

रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा होमिएका थप ७ जना नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो। 

यससँगै रुसी सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या २० बाट उकालो लागेको छ। यसअघि सरकारले औपचारिक रूपमा १३ जना नेपालीको ज्यान गएको जनाएको थियो।

पछिल्लो पटक ज्यान गुमाउने
१. पूर्णबहादुर गुरुङ- धादिङ

२. नवीन शाही- जाजरकोट
३. पदमबहादुर घिमिरे- उदयपुर
४. गंगाराम अधिकारी- झापा
५. जितबहादुर विक- बाग्लुङ
६. सञ्जय केसी- बाँके
७. सुन्दर मोक्तान- रसुवा

परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहे जनाए पनि रसियन सेनामा भर्ना हुने क्रम रोकिएको छैन। 

 रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको  मन्त्रालयले जनाएको छ।

यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई मन्त्रालयले फेरि आग्रह गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad