समाज


सरकारले प्रमुख पदका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्ने

सरकारले प्रमुख पदका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्ने

तस्बिर : नेपालखबर


नेपालखबर
चैत ६, २०८० मंगलबार १६:५१, काठमाडौँ

पाँच दलीय गठबन्धन सरकारले ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’मंगलबार सार्वजनिक गरेको छ।

साझा संकल्प निर्माणका लागि गठित संयन्त्रका संयोजक नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मंगलबार सिंहदरबारमा साझा संकल्प सार्वजनिक गरेका हुन्।

उनले उक्त साझा संकल्प सार्वजनिक गर्दै अब प्रमुख पदमा कार्यरत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने बताएका छन्।

‘कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिका संशोधन गरी प्रमुख पदमा बाहल कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरिने छ’, साझा संकल्प सार्वजनिक गर्दै भनेका छन्।

सरकारले यसअघि नै निजामती कर्मचारीसँग कार्यसम्पादन सम्झौताका लागि कानुन बनाउने घोषणा गरेको थियो। 

पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री हुँदा गत भदौ २१ गतेको मन्त्रिपरिषद्ले पारित गरेको संघीय निजामती सेवा विधयेक २०८० मा कर्मचारीहरूको कार्यविवरण र कार्यसम्पादन सम्झौताको प्रस्ताव गरिएको थियो। 

विधेयकको दफा ७ मा कर्मचारीले गर्नुपर्ने कार्यसम्पादन सम्झौताबारे उल्लेख थियो। ‘...उपलब्ध गराइएको कार्यविवरणको आधारमा योजना, कार्यक्रम, आवधिक लक्ष्य र उत्तरदायित्व निर्धारण गरी राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख तथा आयोजना प्रमुखसँग वार्षिक रूपमा कार्यसम्पादन सम्झौता गरिनेछ,’ विधेयकमा भनिएको थियो। उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .