समाज


बाँसवारी जग्गा प्रकरणमा व्यवसायी वसन्त चौधरीलाई सीआईबीले गरायो कागज

बाँसवारी जग्गा प्रकरणमा व्यवसायी वसन्त चौधरीलाई सीआईबीले गरायो कागज

फाइल फोटो


नेपालखबर
चैत ७, २०८० बुधबार २१:४६, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हड्पिएको मुद्दामा कागज गराएको छ।

चौधरी ग्रुपले काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यसअघि वसन्तका भाइ अरुणलाई पक्राउ गरेर अनुसन्धान गरेको सीआईबीले अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा गरेको थियो।

अरुण भने च्याम्पियन फुटवेयर हुँदै हालको चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक पनि हुन्।, जग्गा यही कम्पनीको नाममा आएको थियो।

अर्बपति व्यवसायी एवम् सांसद विनोद चौधरीलाई पनि यो मुद्दामा कागज गराउने सीआईबीको तयारी छ। त्यसका लागि सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी संसद सचिवालयलाई गराइसकेको छ।

यता, चौधरी समूहले हडपेको भनिएको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया पनि डिल्ली बजार मालपोत कार्यालयले अगाडि बढाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .