ad ad

समाज


पत्नीको हत्यापछि जेल जान्छु भन्दै छोरालाई भगाएका थिए बमबहादुरले

पत्नीको हत्यापछि जेल जान्छु भन्दै छोरालाई भगाएका थिए बमबहादुरले

घटनास्थलमा जम्मा भएका स्थानीयबासी।


नेपालखबर
चैत ८, २०८० बिहिबार १८:१, काठमाडौँ

पारिवारिक कलहले बुधबार राति मोरङमा एक दम्पतीको जीवन सकियो।

बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार राति ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका छन्।

प्रहरीका अनुसार उनले धारिलो हतियार प्रहार गरी गीताको हत्या गरेका हुन्। 

श्रीमतीको हत्या गरिसकेपछि आफ्नै घाँटीमा धारिलो हतियार प्रहार गरेका बमबहादुरको पनि मृत्यु भएको छ। उनीहरूका ८ वर्षीय छोरा छन्। 

सँगै सुतेका ८ वर्षका छोरा बबिनले घटनाबारे प्रहरीलाई जानकारी दिएका छन्। बुवाले आमाको हत्या गरेपछि आफूलाई भाग भनेको उनले प्रहरीसमक्ष बताएका छन्। 

ती बालकले प्रहरीलाई दिएको जानकारी अनुसार बमबहादुरले दाउले हानेर गीताको हत्या गरेका थिए।

त्यसपछि उनले ८ वर्षको छोरालाई ‘अब म जेल जान्छु, तँ भाग’ भनेर कोठाभित्र पसेका थिए।

तर घरबेटीले थाहा पाएर घटनाको जानकारी छिमेकीलाई गराएकी थिइन्। 

त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी करिब २ बजेतिर पुग्दा बमबहादुरको अवस्था पनि गम्भीर भइसकेको थियो।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो। 

उनीहरूबीच लामो समयदेखि पारिवारिक कलह रहेको प्रहरीले जानकारी दिएको छ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बमबहादुरले गीतालाई अन्य पुरुषसँग लागेको भन्दै शंका गर्थे।

त्यहीकाराण झगडा परेको र हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। 

बमबहादुर र गीताको दोस्रो विवाह हो। उनीहरूका अहिले एक छोरा छन्। तर दुवैका पहिलो दम्पतीतर्फ पनि सन्तान थिए। 

अहिले उनीहरूको मृत्युपछि एक मात्र छोरालाई पनि गीताका पहिलेका श्रीमानतर्फकी छोरीले लगेकी छन्।

घटनापछि ती बालकलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। प्रहरीले उनको संरक्षकको खोजी गरिरहेको थियो।

तर गीताका पहिलेका श्रीमानतर्फकी छोरी प्रहरी कार्यालय पुगेर आफ्नै आमाको छोरा भएकाले आफूले नै हेरचाह गर्ने बताएपछि प्रहरीले बबिनलाई उनकै जिम्मा लगाएको छ।

गीता धनकुटाकी र बमबहादुर तेह्रथुमका हुन्। उनी ४/५ वर्ष पहिलेदेखि बेलबारीमा डेरा लिएर बसेका थिए। गीता रक्सी बनाउन मर्चा बनाएर बेच्थिन्। बमबहादुर वृद्ध भएकाले काम गर्दैनथिए। 

तर काम गरेर घरखर्च जुटाउने श्रीमतीसँग भने उनको दिनदिनै झगडा भइरहने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

त्यस दिन पनि राति झगडा परेको हुनसक्ने र त्यही कारण बमबहादुरले गीताको हत्या गरेर आफूलाई पनि प्रहार गरेको प्रहरीको अनुमान छ।

घटनाको इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .