समाज


हाइटीको बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

हाइटीको बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

नेपालखबर
फागुन ३, २०७६ शनिबार ११:३८,

हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन्। त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ।

घटनामा परी अरु केही घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ।

आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो। बालगृहमा ६६ जना बालबालिका रहेको थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .