यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्। टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।
शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।
आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ।
आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन। यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन।
घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ।

प्रतिक्रिया