समाज


जिल्ला न्यायाधीश नियुक्तिको तयारीमा न्यायपरिषद्

जिल्ला न्यायाधीश नियुक्तिको तयारीमा न्यायपरिषद्

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १४:३९, काठमाडौँ

न्याय परिषद्ले १० जना जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ।

 न्यायाधीश नियुक्तिको मुख्य एजेन्डामा छलफल गर्न बिहीबार दिउँसो न्याय परिषद्को बैठक बस्दै छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी गत फागुन २१ गते पदम गिरीले सम्हालेपछि पहिलो पटक न्यायपरिषद् बैठक बस्न लागेको हो।

न्यायपरिषद्को यो बैठक कानुन मन्त्रीको परिचयात्मक बैठक पनि हुने छ।

न्यायपरिषद् सचिवालयले यो बैठकबाट १० जना जिल्ला न्यायाधीश नियुक्तिको तयारी पनि अघि बढाएको छ।

त्यसका लागि न्यायपरिषद् सचिवालयले आवश्यक छलफल र परामर्श पनि गरिसकेको छ।

१० न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् सचिवालयले दुईवटा मोडालिटी तय गरेको छ।

न्याय सेवामा रहेका तीनवटा समूह कानुन, न्याय र सरकारी वकिललाई समेट्ने गरी न्यायाधीश नियुक्ति अघि बढाउने तयारी भएको हो। 

जसअनुसार अदालतभित्रकै कर्मचारीबाट ७ जना, २ सरकारी वकिल र एकजना कानुन अधिकृतलाई न्यायाधीश बनाएर लैजाने एउटा मोडालिटी तय भएको छ।

अर्को मोडालिटीअनुसार अदालतभित्रका ६ जना कर्मचारी, कानुनबाट २ जना र सरकारी वकिलबाट एकजनालाई न्यायाधीशमा सिफारिस गर्ने तयारी छ। 

तर कानुन मन्त्री पहिलो पटक न्यायपरिषद‍् बैठकमा सहभागी हुने भएकाले बिहीबारको बैठक परिचयमै सीमित भएर सकिने सम्भावना पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad