समाज


चितवनमा मासु खाँदा हड्डी अड्किएर तनहुँका युवकको मृत्यु

चितवनमा मासु खाँदा हड्डी अड्किएर तनहुँका युवकको मृत्यु

नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:४, काठमाडौँ

चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर तनहुँका एक युवकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार तनहुँ घर भई चितवनको भरतपुर-१९, शारदानगरस्थित काकाको घरमा बस्ने २२ वर्षीय करण सुनारको घाँटीमा हड्डी अड्किँदा मृत्यु भएको हो। 

बिहीबार मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएपछि सुनारलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर (शारदानगर) मा लगी औषधि खुवाइएको थियो।

तर ठीक नभएपछि उनलाई भरतपुर अस्पताल लगिएकामा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोस्टमार्टमका लागि शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .